अमेरिका– नेपालमा अपराध गरेर अमेरिका आएका पाच नेपाली सहित एक विदेशीलाई नेपाल फर्काउन नेपाल प्रहरीले अमेरिका समक्ष अनुरोध गरेको छ ।
नेपाल स्थित अमेरिकी दुताबास सुरक्षा अधिकारी मार्फत प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकिङ कसुरका तीन र बन्यजन्तु तस्करीमा सलग्न एक अमेरिकी सहित अन्य नेपालीलाई फिर्ताका लागी सहयोग गर्न अमेरिका समक्ष आग्रह गरेको हो ।
कान्तिपुर दैनिकको समाचार अनुसार सिआइबीले अपराध गरि फरार हिमालय फाइनान्स लिमिटेडका तत्कालिन प्रबन्ध निर्देशक सिसम मल्ल, क्यापिटल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेडका तत्कालिन प्रबन्धक पवनकुमार कार्की,, कैलाश विकास बैक शाखा कार्यालय कास्की लामाचौर पोखराका तत्कालिन प्रबन्धक रविचन्द्र खनाल तथा दुई कुख्यात बन्यजन्तु तस्कर निटुप लामा र पेमा शेर्पालाई नेपाल फर्काउन अमेरिका समक्ष सहयोग मागेको छ ।
पवन, निटुप र पेमा भारतबाट भिसा लगाएर अमेरिका छिरेका हुन । नेपालबाट फरार भएका पाच नेपाली मध्ये इन्टरपोलले रविचन्द्र खनाल विरुद्ध डिफयुजन र बाकी चार जना विरुद्ध विभिन्न मितिमा रेडकर्नर नोटिस जारी गरेको छ । नेपालमा बसेर बन्यजन्तु तस्करीम ासंलग्न अमेरिकी नागरिक इयान बेकरलाई समेत नेपालको कानुन अनुसार कार्वाही गर्नेपर्ने सिआइबीले जनाएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected