नेपाली समाज टेक्सासद्वारा संचालित पाठशालाको नियमित कक्षा अष्ट्रेलियाको पर्थमा रहेको नेपाली समुदायको बालबालिकाहरुको निमित्त समेत शुरुवात गरिएकेा छ

पाठशालाका प्रिन्सिपल विजयराज भट्टराइका अनुसार यो पाठशाला अनलाइन संचालन हुनेछ।

उच्च गुणस्तरका शिक्षकहरु र उत्कृष्ट ब्यबस्थापनका कारण टेक्सास नेपाली समाजले संचालन गरेको पाठशाला सवैको निमित्त निकै प्रिय छ। यस पाठशालामा अमेरिकाका १४ राज्यका बिद्यार्थीहरु अध्ययनरत छन।

अष्ट्रेलिया कक्षाको निमित्त शिक्षकको रुपमा डा. होम आचार्य  रहेका  छन । नेपाली भाषामै स्नातकोत्तर गरेर अमेरिकाबाट ‘एजुकेशनल लिडरशीप” मा बिद्याबारिधि गरेका  डा. आचार्य अमेरिकाकै सर्बोत्कृष्टहरु मध्येको एक विश्वबिद्यालय ‘कोर्नेल युनिभर्सिटी’ मा नेपाली भाषाको करिकुलम डेभलपमेन्ट तथा नेपाली प्राध्यापन गर्छन

हाल सम्पूर्ण भर्ना प्रक्रिया पूरा गरि कक्षा यसै हप्ताको शुक्रवार अक्टोबर २२ बाट शुरु गरिन लागेको हो। अष्ट्रेलिया ग्रुपको निमित्त बिशेष सिलेबसको डिजाइन गरिएको छ। अष्ट्रेलियामा रहेका अभिभावाकरु पनि अमेरिका स्थित नेपाली पाठशालामा जोडिएर एउटा लामो इतिहास बनेको नेपाली पाठशालामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, साहित्य र संस्कृति पढाउन पाउदा निकै खुशी रहेको प्रिन्सिपल भट्टराइले जानकारी दिए ।

विजया दशैको अवसर पारेर दुइ हप्ता अघि अमेरिकाको टेक्सासमा आयोजित नेपाली समाज टेक्सासको एक भब्य कार्यक्रम बीच नेपाली पाठशालाका प्रिसिपल विजयराज भट्टराइ लगायत शिक्षकहरु भोज बलायर, शुशिल चौधरी, बटुक बिष्ट, डा. होम आचार्य, श्रद्धा अधिकारी र पशुपति तिम्सिनालाई उसामाजिक सेवाको कदर गर्दै सम्मान समेत गरिएकेा थियेा

कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष दिनेश शर्मा, बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले र महासचिव भानु खरेलले स्कूलको गतिविधिले नेपाली समाजमा पुर्याएको योगदानको प्रंशशा गरेका छन ।

नेपाली पाठशालाले बिभिन्न सातवटा बिषयमा कक्षा संचालन गर्दै आइरहेको छ साथै धेरै अतिरिक्त क्रियाकलापहरु पनि गर्दै आइरहेको छ। नेपाली समुदायमा सक्रिय समाजसेवी बेदराज बस्नेतले अष्ट्रेलियन टिमसँगको परिचय गराएर यो कार्य अघि बढेको जानकारी प्रिन्सिपल भट्टराईले दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected