अमेरिका– अमेरिकामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुलाई अब दोस्रो डोज पनि लगाउन अनुरोध गरिएको छ।
जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएको दुई महिना भन्दा बढी भएकाहरुले दोस्रो बुस्टर डोज लगाउन अमेरिकाको सिडिसीले अनुरोध गरेको हो ।
बुधबार मात्रै अमेरिकामा जोन्सन एण्ड जोन्सनको दोस्रो बुष्टर डोज एफडीएले प्रयोगका लागी अनुमति दिएको हो ।
सुरुमा एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन भ्याक्सिन फेरि दोस्रो डोज प्रयोगका लागी अनुमति दिइएको छ ।
कोरोना विरुद्धको भ्याक्सिन जोन्स एण्ड जोन्सन प्रभावकारी देखिएकाले यसको दोस्रो डोज प्रयोग गर्न सिडिसीले अनुरोध गरेको हो । अमेरिकामा कोरोना विरुद्धको भ्याक्सिनले कोरोना संक्रमण हुन नदिन प्रभावकारी भुमिका खेल्दै आएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...