अमेरिका– भारतमा बनेको एउटा स्प्रेमा अमेरिकामा डरलाग्दो ब्याक्टेरिया फेला परेको छ । ब्याक्टेरियाकै कारण बिरामी भएर केहीको ज्यान समेत गएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले स्प्रेका कारण ब्याक्टेरिया फैलिएर यस वर्षको सुरुवात संगै चार जना बिरामी भएको बताएको छ । बिरामी मध्ये दुई जनाको ज्यान गएको सिडीसीले पृष्ठि गरेको छ । भारतबाट आयत गरिएको यो स्प्रेको प्रयोगशाला परीक्षणमा ब्याकटेरिया पाइएको हो । सिडिसीले यही स्प्रेकै कारण ब्याक्टेरिया फैलिएर अमेरिकामा चार जना बिरामी भएको बताएको हो । गएको ६ अक्टोबरमा यो स्प्रे जर्जिया निबासी एक व्यक्तिको घरमा पाइएको थियो । उनि जुलाईमा बिरामी परेका थिए ।
सिडीसीले बिरामी परेका चार व्यक्ति जर्जिया, क्यान्सास, टेक्सस र मिनिसोटाका हुन । चार मध्ये दुई जनाको भने मुत्यु भएको छ । स्प्रेको स्याम्पल जाचको क्रममा यो साता पोजेटिभ पाईएको थियो ।
यो स्प्रे बालमार्टको ५५ स्टोर र कम्पनीको बेभसाइट मार्फत फेब्रुअरी तथा अक्टोबर २१ का बीच बिक्री गरिएको थियो । त्यसपछि भने कम्पनीले स्प्रेको बोतल तथा यसको उत्पादन स्टोर संगै आफनो बेभसाइटबाट पनि हटाएको छ । यहिले अमेरिकामा यो स्प्रेसंग सम्बन्धीत अन्य उत्पादनको पनि जाच भइरहेको छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...