अमेरिका– कोलम्बियामा लागुऔषध तस्करी तथा कुख्यात अपराधी गिरोहका नाइके ओटोनियल पक्राउ परेका छन् ।
उनलाई कोलम्बियाको सेना, बायु सेना तथा प्रहरीको संयुक्त अभियानले पक्राउ गरेको हो । कोलम्बिया मात्र नभई अमेरिकाले समेत यी अपराधीलाई खोजीरहेको थियो ।
उनको सुराक दिनेलाई कोलम्बिया सरकारले ८ लाख डलर तथा अमेरिकाले ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो ।
उनलाई कोलम्बियाको पानामा प्रान्तको एउटा ग्रामीण इलाकामा समातिएको थियो । उनलाई पक्राउ गर्न ५ सय सैनिक सामेल भएका थिए । २२ हेलिकप्टरको सहयोग लिएर पक्राउ गरिएको हो । उनलाई पक्राउको क्रममा एक प्रहरीको ज्यान गएको थियो ।
उनलाई पक्राउ गर्न अमेरिकी तथा बेलायती खुफिया एजेन्सीको समेत सहयोग लिइएको थियो । विभिन्न स्याटलाइट तस्विरको सहारा लिइएको थियो ।
यस अघि पनि उनलाई पक्राउ गर्न कयौ अभियान चलाइए तथा हजारौ प्रहरी लगाइए तर पक्राउ गर्न सकिएको थिएन ।

उनको गिरोह लागुऔषध, मानव तस्करी तथा सुनको अवैध उत्खन्न र फिरौती लिने गदै आएको थियो ।
यो गिरोहमा १८ सय भन्दा बढी हतियारधारी सदस्य रहेका छन् । यो गिरोहले कोलम्बिया अमेरिका तथा रुस सम्म लागु औषध धन्दा चलाउने बाटो नियन्त्रण गदै आएको थियो । सन् २००९ मा अमेरिकाले उनलाई दोषी ठहराएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected