अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालबालिकालाई नोभम्बर देखि कोरोना भ्याक्सिन भ्याक्सिन
अमेरिका– अमेरिकामा नोभेम्बरको पहिलो साता भित्र ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोना विरुद्धको भ्याक्सिन आउने भएको छ ।
अमेरिकाका शीर्ष कोरोनाभाइरस विरुद्धका सल्लाहकार डाक्टर एन्थोनी फाउचीले यसबारेमा जानकारी दिएका हुन । उनले नोभेम्बरको पहिलो सातामै ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कारोना विरुद्धको भ्याक्सिन आउने संभावना व्यक्त गरेका हुन ।
फाइजर भ्याक्सिन बालबालिकालाई आपतकालिन प्रयोगका लागी प्रयोगको अनुमति दिने देखिएको छ । फाइजर प्रभाविकारी र सुरक्षीत देखिएकाले यी समुहका बालबालिकालाई प्रयोगको अनुमति दिइनेछ ।
पछिल्लो समय बालबालिका विद्यालय खोलेर नियमित पठनपाठनमा सक्रिय हुन थालेपछि कोरोना संक्रमण पनि बढीरहेको छ । १२ वर्ष भन्दा माथिका बालबालिकालाई कोरोना भ्याक्सिन उपलब्ध भए पनि ११ वर्ष मुनिका बालबालिकालाई अहिलेसम्म प्रयोगको अनुमति दिइएको थिएन ।
डा फाउचीको यो भनाइसंगै अब कोरोना भ्याक्सिन लगाउन नपाएका बालबालिकाले पनि लगाउन पाउने भएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected