अमेरिकाको म्यासाच्युसेटसको फल्स रिभरमा गत साता हत्या गरिएका नेपाली व्यवसायी ५४ वर्षिय लालकिशोर महासेठको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।
उनलाई म्यासाच्युसेटसको सोही स्थानको एउटा घरभित्रबाट म्यासाच्युसेटस प्रहरी विभागले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्ति कुनै एशियन मुलका आप्रवासी जस्तो देखिएका छन् । प्रहरीले उनको नाम र परिचय केही खुलाएको छैन । गत साता लालकिशोर महासेठको आफनै स्टोरमा गोली हानी हत्या गरिएको थियो ,। हत्या गरिए लगत्तै प्रहरीले अभियुक्त फोटो फुटेज समेत सार्वजनिक गरिएको थियो ।

१५ वर्ष भन्दा अघि डिभी परेर अमेरिका आएको महासेठको परिवारले निकै सघर्ष गरेर व्यवसाय थालेको थियो । १३ वटा स्टोर सम्म बनाएका उनले पछि छोराछोरी हुर्कैर केहीले जागीर खाना थालेपछि स्टोरहरु विक्री गरेर तीन वटा मात्रै संचालन गदै आएका थिए, घटनापछि महासेठको घरमा शान्तवना दिन पुगेका मधेशी एशोसिएसनका अध्यक्ष सत्येन्द्र शाहले युएसनेपाल पोष्टलाई सुनाए ।

धनुषाकेा महेन्द्रनगर स्थायी घर भएका महासेठ उक्त क्षेत्रमा सबैका प्रिय समेत थिए । उनी नेपाली समुदायमा पर्ने समस्यामा सधै अग्रसर हुने व्यक्तिको रुपमा परिचित रहेको शाहले बताए ।

https://www.facebook.com/1245861102/posts/10228243822981177/?d=n

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected