अमेरिका-अमेरिकाको रक्षा मन्त्रालयका अनुसार अझै पनि अफगानिस्तानमा साढे चार सय अमेरिकी फसिरहेका छन् । पेन्टागनको तर्फबाट अमेरिकी सिनेटमा यस बारे जानकारी गराइएको हो ।
फसेका मध्ये १ सय ७६ जना अफगानिस्तानबाट बाहिर निस्कन चाहिरहेका छन् । उनिहरु मध्ये अधिकांश बाइडेन प्रशासन संग सम्पर्कमा रहेको समाचारमा जनाइएको छ । अमेरिकाका रक्षा उपसचिव कोलिन काहलले अफगानिस्तानमा रहेका ३ सय ६३ जना अमेरिकनहरु संग सम्पर्कमा रहेको र उनिहरु अधिकांश त्यहाबाट निक्लिन खोजीरहेको बताएका छन् ।
कोलिनले अफगानिस्तानमा फसेका अमेरिकहरुलाई जसरी पनि त्यहा“बाट निकालिने विश्वास दिलाएका छन् ।
यस अघि पनि बाइडेन प्रशासनले अफगानिस्तानमा २ सय जना अमेरिकनहरु छुटेको दाबी गदै आएको थियो । अमेरिकी सेनाले ३१ अगष्टमा अफगानिस्तान छाडेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छाडनु अघि अमेरिकाले आफना हजारौ नागरिक तथा अन्य देशका नागरिकलाई त्यहाबाट निकालेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected