तीन महिनासम्म विमानस्थलमा अनाधिकृत प्रवेश गरेको आरोप लागेका भारतीय आरोप मुक्त

अमेरिका– भारत फर्किने क्रममा शिकागोको ओ हेयर अन्तराष्ट्रिय विमानस्थलमा तीन महिना सम्म रहेका एक भारतीयलाई अनाधिकृत प्रवेशको आरोपबाट मुक्त गरिदिएको छ ।
कुक काउन्टीका न्यायधिस एड्रीन डेभिसले ३७ वर्षिय भारतीय आदित्य सिंहलाई उक्त आरोपबाट मुक्त गरिदिएका हुन । तर उनलाई भोली शुक्रबार अदालतमा पेश भने हुनुपर्नेछ । उनी माथि विधुतिय तरिकाले निगरानी को दौरान नियमहरुको उल्लघन गरेको आरोप छ । उनलाई गत जनवरी ६ मा पक्राउ गरिएको थियो ।
अमेरिकामा कोरोना महामारीको चरम अवस्थामा उनी भारतको उडान समात्नुका साटो उनी हतास हुदै विमानस्थलको टर्मिनलमा रोकिएका थिए । उनी तीन महिना विमानस्थलमा रहदा सर्वसाधारणले खाना समेत दिदै आएका थिए ।
उनले त्यहा“ रहदा विमानस्थलमा एक प्रवन्धकले गत वर्ष हराएको परिचय पत्र देखाउदै बस्दै आएका थिए । पक्राउ पछि अधिकारीले उनलाई विमानस्थलको सुरक्षीत स्थानमा अनुचित तवरले प्रवेश गरेको भन्दै कार्वाही अघि बढाएको थियो ।
आदित्य ६ वर्ष पहिला डिग्री पढन अमेरिका आएका थिए । उनले २०१९ मा डिग्रीको अध्ययन सकेका थिए । गत वर्ष उनी ६ अक्टोबरमा लस एन्जल्सबाट शिकागोको उडान समातेर भारत जान लागेका थिए । तर उनी कोरानाको डरले विमानस्थलमै रोकिएका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...