अमेरिका– अमेरिकाका लागी नेपाली राजदुत डा युवराज खतिवडा नेपाल फर्किएका छन्।
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदुत खतिवडा बुधबार कतार एयरवेजको उडानबाट नेपाल फर्किका हुन ।
राजनितिमा नियुक्त हुदै आएको राजदुत प्रणाली सरकार परिवर्तन भए संगै उनी लगायत अन्य देशका नेपाली राजदुतलाई पनि नेपाल फिर्ता बोलाइएको हो ।
पुर्व अर्थमन्त्री समेत रहेका डा खतिवडालाई केपी ओली सरकारले अक्टोबर २० मा अमेरिकाका लागी राजदुतको रुपमा सिफारिस गरेको थियो ।
राजुत खतिवडा एक वर्ष भन्दा कम समय अमेरिकाको बसाईपछि नेपाली फर्किका छन् । उनको विदाई एमाले निकट प्रवासी मञ्च बाहेक अमेरिकाका कुनै सामाजिक सघ संस्थाका व्यक्तित्वको सहभागी देखिएको थिए ।
खत्री राजदुत भएर आउदै
डा युवराज खतिवडा फिर्ता बोलाइएपछि शेरबहादुर देउवाको सरकारले फेरि अमेकिराका लागी श्रीधर खत्रीलाई राजदुत सिफारिस गर्ने निर्णय गरेको छ ।
अमेरिकाका लागी राजदुत नियुक्त हुन लागेका खत्री प्राध्यापक तथा पराष्ट्र मामलाका विज्ञ मानिन्छन् । उनी पराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नेपाल तथा एशियाली अध्ययन केन्द्रका पुर्व कार्यकारी निर्देशक समेत थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected