अमेरिका– अमेरिकाको लस एन्जलस विमानस्थल भित्र एक  व्यक्तिसंग बन्दुक रहेको जानकारी आएपछि विमानस्थलको अवस्था तनावग्रस्त बन्न पुग्यो ।
लस एन्जलस विमानस्थलको टर्मिनल एकमा बिहीबार राती एक व्यक्तिसंग बन्दुक रहेको जानकारी आएपछि विमानस्थल भित्र त्रास फैलिएको हो । सुचना प्राप्त भए लगत्तै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरि हिरासतमा लिएको छ । समयमा आशंका गरिएका व्यक्तिलाई पक्राउ गरेपछि कुनै किसिमको बन्दुक आक्रमण हुनबाट जोगिएको छ ।
आशंका गरिएका व्यक्तिबाट बन्दुक फेला परेको बारे केही खुलेको छैन । बन्दुक रहेको सुचना लगत्तै विमानस्थलभित्र रहेको अधिकांश यात्रु सुरक्षीत स्थानमा पुगेका थिए । सुरक्षा अधिकारीले ३ सय भन्दा बढी यात्रुलाई सुरक्षीत स्थानमा निकालेका थिए । घटनाका क्रममा ११ वटा उडान अर्को विमानस्थलमा डाइर्भट भएका थिए भने २४ वटा हवाइ उडान डिले भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected