अमेरिकाकेा क्यासिनोमा १० हजार डलर जितेको देखेपछि पिछा गरेर हत्या

अमेरिका– अमेरिकाको न्युजर्सिमा एक भारतीय मुलका अमेरिकी ५४ वर्षिय रंगा अरवापल्लीको गोली हानी हत्या भएको छ ।
न्युजर्सिको प्लेन्सबोरोमा एक औषधी कम्पनीको सिइओ रहेका उनको लुटपाटका क्रममा हत्या भएको हो । बन्दुकधारीले लुटपाटको उद्देश्यले फिलाडेल्फियाको क्यासिनो नजिकबाट पिछा गरेको द सिबिसी न्युयोर्क अखबारले जनाएको छ ।
पेन्सिलभेनियाको क्यासिनो देखि न्युजर्सिसम्म झण्डै ८० किलोमिटर सम्म लुटेराले पिछा गरेको थियो । पिछा गदै न्युजर्सिमा रहेको उनको घरमा लुटपाट गर्ने क्रममा लुटेराले बन्दुक आक्रमण गरेर हत्या गरेको थियो । घटनाको समय घरमा अरवापल्लीको पत्नी र छोरी समेत रहेका थिए ।
द सिबिसी अखबारका अनुसार अरवापल्लीले पाक्र्स क्यासनोबाट १० हजार डलर रकम जितेका थिए । त्यो पेन्सिलभेनियाका २७ वर्षिय जेकाई रिड जानले देखेका थिए । सोही रकमलाई लिएर हत्या गरेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...