अमेरिकामा आईएसआइएसको सपिङ मलमा हमलाको चेतावनीपछि सुरक्षामा कडाई
अमेरिका– अमेरिकामा आईएसआइएस को आतंककारी हमलाको चेतावनी संगै शपिङ मल तथा भीडभाड हुने क्षेत्रमा सुरक्षा कडा पारिएको छ । आतंककारीको चेतावनी पछि खैलाबैला मच्चिएको छ ।
अन्तराष्ट्रिय आतंकारी संंगठन आईएसआइएसले उत्तरी भर्जिनिया राज्यमा कुनै पनि सपिङ मलमा आक्रमण गर्न सक्ने भन्दै सुरक्षाकर्मिलाई हाइ अलर्टमा राखेको सिबिएस न्युजले जनाएको छ । राजधानी बासिङटन सहित सबै शहरका सपिङ मल तथा भीडभाड क्षेत्रमा सुरक्षा बढाइएको छ ।
फेयरफेक्स काउन्टीका प्रहरी प्रमुख केविन डेविसले आतंकवादी समुहबाट आक्रमणको चेतावनी आएको पृष्ठि गरेका छन् । उनले आफुहरुसंग आएको जानकारीको बारेमा कार्वाही अघि बढाइएको बताएका छन् ।
अमेरिकामा आईयसआइएसको आक्रमणको खतरासंगै यसमा सुरक्षा समिक्षा भइरहेको छ । बासिङटन डिसीको ३० किमी स्थित फेयर ओक्स मलको आसपास क्षेत्रमा प्रहरीको बखतरबन्द सवारीको गस्ती गरिएको आइतबार देखिर्एको थियो ।
विशेष गरि भर्जिनियाको प्रमुख सडक, ट्रान्जिट हब, शपिङ प्लाजा तथा सपिङ मलमा सुरक्षा व्यवस्था बढाइएको छ । भर्जिनियाको पुरै काउन्टीमा चोबिसै घन्टा सुरक्षा गस्ती बढाइएको छ ।
प्रहरीले हलोबविनको सप्ताह सकिएपछि पनि भीडभाडको क्षेत्रमा निगरानी बढाउने बताएको छ । कहि कतै सन्दिग्ध गतिविधी देखिए तुरुन्तै सुरक्षाकर्मिलाई खबर गर्न अनुरोध गरिएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...