अमेरिकाको यो ४० वर्ष पुरोना हत्याकाण्डको सनसनीपुर्ण घटना

अमेरिका– अमेरिकाको रियल स्टेटका दिग्गज कोरोबारी रोबर्ट डस्टको चार दशक पहिला श्रीमति क्याथी डस्ट बेपत्ता भएकी थिइन । उनले पत्नीको हत्या भएको संकेत दिएका थिए ।
पत्नी हत्याको पोल खुल्ने देखेपछि उनलाई आफनै विश्वासपात्र सुसन बरमानको हत्याको दोषी ठहराउदै क्यालिफोर्नियामा जन्मकैदको सजाय सुनाइएको छ । उनले रोबर्ट डस्टको पत्नी हत्याको घटना लुकाउन मदत गरेका थिए ।
क्याथी डस्ट बेपत्ता भएको समयमा २९ वर्षकी थिइन भने पछि रोबर्ट डस्ट ३८ वर्षका थिए । अहिले रेावर्ट डस्ट ७८ वर्षका भए ।
उनिहरुको विवाह भएको ९ वर्ष भएको थियो । उनिहरु न्युयोर्कको दक्षिण सलेम मा बसोबास गदै आएका थिए । मेडिकल छात्रा रहेकी क्याथीको डाक्टर बन्ने सपना टाढा बनाउदै हत्या गरिएको थियो । पत्नी क्याथीको हत्याको आरोपी समेत रोबर्ट रहेका थिए । हत्याको आरोपमा उनी माथि पक्राउ पुर्जी समेत जारी गरिएको थियो ।
क्याथी डस्ट ३१ जनवरी १९८२ मा बेपत्ता भएकी थिइन । परिवार उनको बेपत्ता देखि दुखीत बनेका थिए । अचानक बेपत्ता भएकी क्याथी आखिर महिना उनी आफनै कलेजमा देखिएकी थिइन । बेपत्ता भइ हत्या गरिएको भनिएकी क्याथीको शब कहिल्यै भेटिन सकेन । परिवारको अपिल पछि २०१७ माम कानुनी तरिकाले मृत घोषित गरिएको थियो ।
रियल स्टेटको बादशाह मानिने रोबर्ट डस्टको परिवारको न्युयोर्क तथा फिलाडेलफियामा करोडौको सम्पत्ति छ । उनिहरुको न्युयोर्कको बल्र्ड टे«ड सेन्टरको एउटा बिल्डिङमा दस प्रतिशत हिस्सेदारी रहेको छ । म्यानहटनको गगनचुम्बी भवनको नाम अहिले फ्रिडम टावर रहेको छ ।
अमेरिकाको ४० वर्ष लामो बेपत्ताको कथा निकै चर्चित रहेको छ । जसको अपराधिक अनुसन्धान, भिडियो कभरेज पुस्तक एउटा चलचित्र तथा वृत्तिभित्र पनि बनेको छ । जुन कुख्यात पति रोबर्ट ए डस्र्टको वरिपरि केन्द्रित रहेको छ ।