अमेरिका– अमेरिकाको न्युयोर्क सिटीको मेयरमा डेमोक्रेटका एरिक आडम्स ले जित हासिल गरेका छन् ।
उनले रिपब्लिकन उम्मेदवार कुर्तिस सिल्वा लाई हराउदै जित हासिल गरेका हुन । पुर्व प्रहरी समेत रहेका एरिकले यस अघिको प्राइमेरी निर्वाचनमा जित हासिल गरेका थिए । प्राइमेरीमा जितेपछि उनले नै चुनाव जित्ने अडकल काटिएको थियो ।
उनले आगामी जनवरीमा अमेरिकाको सबैभन्दा ठुलो शहर न्युयोर्क सटी मेयरको रुपमा शपथ ग्रहण गदै कार्यवहार सम्हानेछन् ।
मंगलबार सकिएको निर्वाचनमा उनले रिपब्लिकनका उम्मेदवार कुर्तिस सिल्वा लाई सजिलै पराजीत गरेका थिए । १९९० देखि १९९३ सम्म न्युयोर्क सहरको नेतृत्व गरेका डेभिड डिन्किन्सपछि ६१ वर्षिय एरिक न्युयोर्कको मेयरमा निर्वाचिन हुने दोस्रो अश्वेत व्यक्ति हुन । सार्वजनिक सुरक्षा उनको केन्द्रिय मुद्धा रहेको छ ।
ब्राउन्सभिल ब्रकुलिनमा १९६० मा आडम्सको जन्म भएको थियो । गरिबीबाट उठेर उनी मेयर सम्म पुगेका छन् । आडम्स न्युयोर्कका नेपाली माझ समेत लोकप्रिय रहेक छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...