अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना भ्याक्सिन यसै साता सुरु हुने
अमेरिका– अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई प्रयोगको अनुमति पाएको कोरोना भ्याक्सिन फाइजर यसै साता देखि लगाउन सुरु हुने अनुमान गरिएको छ ।
यसै साता मात्रै अमेरिकाको रोग नियन्ँत्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले प्रयोगका लागी स्वीकृत गरेको थियो ।
बालबालिकालाई कोरोना भ्याक्सिन फाइजर लगाउन बाइडेन प्रशासनले २० हजार भन्दा बढी बाल रोग विशेषज्ञ, परिवार डाक्टर तथा फार्मेसीलाई सुचीबद्ध गरिसकेको छ ।
सोमबार मात्रै संघीय अधिकारीहरुले १.५ करोड खोपको खुराक प्याकिङ गर्न लागिएको जानकारी दिएको थियो । विशेष गरि छोटा कन्टेनरमा भरेर विमान तथा ट्रकको माध्यमबाट भ्याक्सिन राज्यका केन्द्रहरुमा पुराउने काम भइरहेको छ ।
५ देखि ११ वर्षका बालबालिकाका लागी बेग्लै सिरिन्ज तथा भ्याक्सिनको सानो सिसि समेत उपलब्ध गराइनेछ जसको कारण व्यस्क संग बालबालिकाको भ्याक्सिन मिसावट नहोस ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...