तिमी छैनौ

पत्याउँदैन मनले

लाग्छ

भित्तामा हाँसिरहेको तिम्रो तस्विर

भनिरहेको छ

म यहीँ छु

तिमी संगै छु

 

लाग्छ

भनिरहेको छ

फर्किसकें म

त्यो दिव्य–यात्रा र दिव्य –धामबाट

जहाँ मलाई लागिएको थियो

तिमी बिनाको त्यो दिव्य–धाम

त्यो मरुस्थल

मलाई के काम?

 

लाग्छ

भनिरहेको छ

स्वरुप फरक देख्लाउ मेरो

एउटा चलायमान शरीर छैन मेरो

तर सार एउटै हो

प्रेम  एउटै हो

तिमीले मन भित्र राखेको मेरो तस्विर

अनि यो तस्विर एउटै हो

 

लाग्छ

भनिरहेको छ

म तिमीमा समाहित भैसकेको छु

तिमी जहाँ जान्छौं

तिमी जहाँ हुन्छौं

म सँधै तिमी सँगै हुन्छु

 

–

(नोभेम्बर ८, २०१९ मा स्वर्गारोहण भएकी जीवनसाथी ईरा आचार्यकोसम्झनामा)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected