अमेरिकामा यस्तेा रहयो भाइटिका

टेक्सस– नेपालको पर्वत घर भएकी विपस्वी पौडेलले सधै जसो आफनो भाईलाई निधारमा सप्तरंगी टिका र गलामा मखमली माला लगाईदिइन । टेक्ससको युलेसमा परिवार संगै बस्दै आएकी उनले यसपटक पनि धुमधामले तिहार मनाईन ।
परिवार सबै यतै हुनेले त धुमधामलेल यसरी भाईटिका लगाए । तर दाजुभाई दिदिबहिनी नहुनेहरुले भन्े टिका लगाउन पाएनन । धेरैको निधार खाली रहयो
अमेरिकामा टिकाको दिन शनिवार विदा भएकलो धेरै समय तालिका मिलाएर टिका लगाए । कतिपय विदामा काम गर्नेहरुले पनि समय मिलाएर लगाए । नेपालीहरु बसोबास रहेका अमेरिकामा विभिन्न राज्यहरुमा भाइटिका लगाएर तस्विरहरु सामाजिक संजालमा पोखिए ।
युलेशमा गेार्खा रेष्टुरेन्ट एन्ड बार संचालन गर्दै आएका विवेक कडेलले पनि यसपाली क्यानडाबाट आएका दिदिबहिनीसंग भाइटिका लगाए ।’यसपालीकेा भाइटिका रमाईलेा भयेा, कडेलले सुनाए ।
उता शिकागोमा रहेका रिता भट्टराइले अमेरिकामा रहेका आफनै दाजुसंग टिका लगाइन । भाइटिकामा परदेशमा भए पनि उनले आफनोपनको अनुभव साटदै भाइटिकामा रमाइन ।
उनी मात्र हैनन अमेरिकामा रहेका दाजुभाई दिदिबहिनीहरुले यसरी नै भाइटिका लगाएर आफनो नातालाई झनै प्रगाढ बनाए ।
नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बाग्लले पनि दिदीबहिनी संग तिहारको टिका लगाए । परिवारमा जमघट गरेर तिहारलाई परदेशमा भए पनि उल्लासमय बनाउने काम गरे ।
उता टेक्ससको आर्लिङटन बस्दै आएका शिवम अधिकारीले भाइटिकामा अघिल्लो वर्ष जस्तै निधार खाली रह्यो । उनले निधार खाली भएको तिक्तता पोख्दै भने– ‘यसपाली पनि परदेशीको निधार सदा झै फुस्रो भयो ।’ ।
यहा“ वर्षो देखि स्वदेश फिर्न नपाएका र दिदिबहिनी र दाजुभाईसंग भेटन नपाएका नेपालीहरु धेरै छन् । । हरेक वर्षृ दशैतिहार आउ“दा उनीहरुको निधार खाली हुन्छ ।
धेरैको परदेशको दशैतिहार यसरी नै खाली निधार र न्यास्रोमा वर्षेनी बितिरहेको छ ।
तस्वीरहरु : सामाजिक संजालबाट