अमेरिका– अमेरिकामा रहेका नेपाली मधेशी समुदायले यसपटक पनि महान पर्व छठ धुमधाम संग मनाउदैछन् ।
सोमबार नहाय खायसंगै सुरु हुने छठ पर्वको तयारी पुरा भएको मधेशी एशोसिएसन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहले जानकारी दिएका छन् ।
न्युयोर्कमा बुधबार र बिहीबार विशेष रुपमा छठ पुजा गरि प्रवासमा पनि तराईबासीले आफनो .संस्कार र संस्कृतिलाई जीवन्त प्रदान गर्नेछन् । हरेक वर्ष जसो अमेरिकामा विशेष रुपमा नेपाली पहिचान बोकेको पर्व छठ मनाइदै आएको छ ।
छठ पुजामा विशेष गरि केरा उखु, सुन्तला, नरिवल, बेसार, नेवुवा, चामल तथा गहुको आटा, गुडबाट बनेको ठकुवा, भुसुवा, पिरुकिया, गुणा लगायतका परम्परागत परिकारहरु प्रसादको रुपमा चढाइने गरिन्छ ।
छठ विशेष गरि सोमबार नहाय खाय गरि सुरुवात हुन्छ । मंगलबार दोस्रो दिन बर्त ब स्नेहरु राती गुलियो पुरी, खिर तथा नुन नहालेको चीजबिज खान्छन् । निराहर ब्रत बस्नेहरु बुधबार सन्ध्याकालिन सुर्य पुजा गर्छन । बिहीबार बिहा उदाउदो सुर्यलाई अर्ग प्रदान गरि यो पर्व सकिन्छ ।
अमेरिकाको धेरै नेपाली बसोबास रहेको न्युयोर्क, टेक्सस , क्यालिफोर्निया लगायतका राज्यहरुमा यो पर्व हर्षोउल्लास सहित मनाइन्छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...