अमेरिका– अमेरिकामा आज सोमबार देखि लामो यात्रा प्रतिबन्ध हटदै सबै विदेशी यात्रुलाई अमेरिका यात्राको अनुमति दिइएको छ ।
कोरोनाका कारण २० महिनादेखि लगाइएको प्रतिबन्ध आज देखि फुकुवा भएको हो । अमेरिका यात्रा अनुमति संगै भिजिट भिसा लगायतका अन्य भिसाहरु पनि अब क्रमश जारी हुने अनुमान गरिएको छ ।
अमेरिका यात्राका लागी भने कोरोना विरुद्धको भ्याक्सिनको दुबै डोज भने लगाएको हुनुपर्नेछ । त्यस्तै यात्रा गर्दा तीन दिन भित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पनि पेश गर्नुपर्ने हुन्छ । यात्रुले आफनो कोरोना भ्याक्सिन तथा रिपोर्ट आफु चढेको एयरलायन्सलाई देखाउनु पर्नेछ ।
अमेरिका यात्राको प्रतिबन्ध तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को सुरुवात देखि नै लगाएका थिए । कोरोना विरुद्धको भ्याक्सिन नलगाएकाहरुलाई भने अमेरिका प्रवेशमा रोक लगाइनेछ ।
यस अघि अक्टोबरमा ह्वाइट हाउसले एक आदेश जारी गदै नोभेम्बर ८ देखि अमेरिका प्रवेश गर्न अनुमति दिइने बताएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected