अमेरिका–अमेरिकाको एउटा नया अनुसन्धानमा दुर्लभ सुचीमा रहेको सेतो पुच्छर भएको मृगमा कोरोना संक्रमण भई बिरामी हुने क्रम बढेको छ ।
पछिल्लो अध्ययन अनुसार मानिसबाट यो मृगमा फैलिएको पृष्ठि भएको हो । मृगहरुमा कोरोनाभाइरस तिव्र रुपमा फैलि रहेको अनुसन्धानकर्ताले बताएका छन् । मानवीय बस्तीबाट नजिक रहने भएकाले पनि मानिसबाट भाइरस मृगहरुमा फैलिएको हुन सक्ने बताइएको छ । मिशिगन, पेन्सिलभेनिया, इलिनोइस तथा न्युयोर्क क्षेत्रमा मृगहरुको परीक्षण गरिएको थियो । भाइरस एउटा एक मृग देखि अन्यमा फैलिएको हो ।
यो प्रकारको मृग उत्तरी अमेरिकामा ठुलो संख्यामा पाइने गरेको छ । यो विशेष गरि क्यानडा संगै दक्षिण अमेरिका सम्म ठुलो संख्यामा पाइने प्रजाति हो । यो एउटा सामाजिक प्रजातिको बन्यजन्तु भएकाले शहरी पार्क, वुडल्यान्ड तथा कयौ प्रकारको बासस्थानमा १२ जना सदस्यको संख्यामा बस्ने गरेको छ ।
पछिल्लो समय मानिसबाट घरपालुवा जनवार बिरालो, कुकुर तथा चिडियाघरका जीवजन्तुमा पनि भाइरस फैलिएको तथ्य फेला परेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected