अमेरिकामा ४० वर्षदेखि जेलमा रहेका अभियुक्तद्धारा अभियोग अस्विकार
अमेरिका– अमेरिकाको क्यान्ससमा तीन जनाको हत्याको अभियोगमा ४० वर्ष देखि जेलमा रहेका आरोपीले अभियोग अस्वीकार गरेका छन् ।
केविन स्ट्रीकल्यान्डले सामेबार अदालतमा सुनुवाईका क्रममा उक्त अपराधमा आफनो कुनै साइनो नभएको भन्दै अस्वीकार गरेका हुन । यतिका वर्षपछि पनि उनका समर्थक र विरोधी घटनालाई सही ठहराउन जुटीरहेका छन् । उनले सुनुवाईका क्रममा यो घटनामा आफनो कुनै संलग्नता र घटनामा कोही लेनदेख नरहेको बताएका हुन । उनलाई सन १९७९ मा सजाय सुनाईएपछि रिहाईका लागी अहिलेसम्म कानुनी लडाइ लडीरहेका छन् ।
ज्याक्सन काउन्टीका केही अधिकारी , कानुनी अधिकारीहरुले भेन उनलाई दोषी ठहराउनुमा गल्ती भएको बताईरहेका छन् । तर अर्को पक्षका कानुनी अधिकारीहरुले उनी नै दोषी भएको दाबी गरेका छन् । तत्कालिन समयमा एउटा गोलीकान्डमा उनलाई दोषी ठहराइएको थियो । गोलीकान्डबाट जिवित रहेकी सिन्थिया डगलसले आफनो बयानमा केविनको पहिचान गोलीकान्डको आक्रमणकारीको रुपमा पेश गरेकी छिन् ।
एजेन्सी
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...