अमेरिकाको एउटा पब्लिक स्कुल बोर्डले विद्यार्थीलाई तिहारमा सार्वजनिक विदा दिने निर्णय
अमेरिका– अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टीमोर काउन्टीको पब्लिक स्कुल सिष्टमले हिन्दुहरुको महानपर्व तिहारको उपलक्ष्यमा विद्यार्थीलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
अमेरिकाको ठुलो मध्यको यो पब्लिक स्कुलमा यसरी हिन्दुहरुको महान पर्व तिहारमा विदा दिने निर्णय स्कुल बोर्डले सोमबार गरेको हो । यो बोर्ड अन्तर्गत १७० भन्दा बढी स्कुल उक्त काउन्टीमा रहेका छन् । उक्त काउन्टीको जनसंख्या आठ लाख भन्दा बढी रहेको छ ।
लामो सयम देखि मेरिल्यान्ड राज्यका राज्य सांसद हयारी भण्डारीले विदाका लागी लविङ गदै आएका थिए । लामो सयमको प्रयासपछि एउटा निर्णय भएको छ’ मेरिल्यान्ड राज्यका राज्य सांसद हयारी भण्डारीले भने– ‘यो ज्यादै नै खुशीको कुरा हो ।’ लामो समय देखि भण्डारीले स्कुल बोर्डलाई लविङ गदै आएका थिए ।
आगामी वर्षको क्यालेन्डरमा समावेश गरेर विदा दिइने उनले बताए । यो निर्णय संगै बाल्टीमोर काउन्टीको विद्यालयमा अध्ययन गर्ने नेपाली संगै भारतीय मुलका अमेरिकन बालबालिकाले तिहार पर्व हर्षोउल्लास सहित मनाउन पाउनेछन् ।
भण्डारीले यस अघि पनि नेपालीहरुको महान पर्व दशैमा सार्वजनिक विदा दिन विल संसदमा पेश गरेका थिए । जुन बिलप नि प्रकृयागत क्रममा रहेको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















