अमेरिका– अमेरिकाको राजनितिमा नेपाली मुलका समुदायले पाइला चाल्ने क्रम बढीरहेको छ ।
यसै क्रममा पहिलो पटक अमेरिकाको ठुलो सहर न्युयोर्कको राज्य सांसदमा नेपाली मुलकी सराहना श्रेष्ठले उम्मेदवारी घोष्णा गरेकी छिन् ।
जलवायु परिवर्तन, आर्थिक तथा सामाजिक समानन्ताका लागी आवाज उठाउदै आएकी न्युयोर्क निवासी श्रेष्ठको आगामी २०२२ को प्राइमेरी चुनावका लागी आफनो उम्मेदवारी घोषणा गरेकी हुन ।
अमेरिकाको डेमोक्रेट पार्टिको सोसलिष्ट सदस्य समेत रहेकी श्रेष्ठले २०२२ को जुन महिनामा हुने प्राइमेरी चुनाव भिडनु पर्नेछ । २० वर्ष अघि विद्यार्थीको रुपमा अध्ययन गर्न सराहना अमेरिका आएकी थिइन । सराहना आफनो श्रीमानसंगै न्युयोर्कको एसोपसमा बसोबास गदै आएकी छिन् । उनी एमआइका लागी अलस्टर काउन्टीकी सह अध्यक्ष समेत हुन । प्राइमेरी हुदै अन्तिम निर्वाचन जितिन भने सराहना न्युयोर्कको राज्यको राज्य सांसद हुने पहिलो नेपाली बन्नेछिन् ।
उनी मेरिल्यान्ड राज्यको राज्य सासद हयारी भण्डारीपछि यदि निर्वाचनमा जित हासिल गरिन भने दोस्रो नेपाली मुलकी अमेरिकन सासद बन्ने छिन ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected