टेक्ससको एक विश्वविद्यालय नजिक गाेलाबारी हुँदा २, मुत्यु १४ घाइते

टेक्ससको ग्रिनभिलकाे एउटा विश्वविद्यालय नजिकै भएकाे हलोइन पार्टिमा गोलाबारीमा दुई जनाको मुत्यु हुनुका साथै १४ जना घाइते भएका छन् ।
शनिवार मध्यराती एएन एम युनिभर्सिटीकाे नजिकै भएकाे पार्टीमा स्वचालित राइफल प्रयोग गरी संदिग्धले जथाभावी गोली वर्षाउदा उक्त घटना भएको हो । प्रहरी अधिकारीका अनुसार पार्टिमा ७ सय ५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
घटना घटाउनेलाई आइतबार सम्म पक्राउ गरेको छैन ।
घाइते १४ जनालाई उपचारका लागी अस्पताल लगिएको थियो । अस्पतालमा उपचार गराइरहेका केहीको अवस्था चिन्ताजनक रहेको छ । यो पािर्टका लागी विद्यालयले कुनै स्वीकृति नदिएको बुझीएको छ । घटनास्थलमा कयौ भुईमा लडेका र चिचाउदै भागेका दृश्यहरु सामाजिक संजालमा देखिएका थिए । एक जना पुरुष बन्दुकधारी कार्यक्रम स्थलमा पछाडीको ढोकाबाट प्रवेश गरेर गोलाबारी गरेको बताइएको छ । घटनाको बारेमा बिस्तृत विवरण भने आएको छैन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...