अमेरिका– दक्ष विदेशी कामदारहरुलाई दिइने कामदार अर्थात एचवान वी भिसाधारीका पति वा पत्नीलाई अमेरिकामा काम गर्न अनुमति दिने भएको छ ।
बाइडेन प्रशासनले आप्रवासी सम्बन्धी यो नितिमा यस्तो कदम उठाएको हो ।
यसले अमेरिकामा रहेका भारतीय, चिनिया सगै एशियन मुलका आइटी पेशामा संलग्न एचवान वी भिसा भएकाहरुलाई राहत मिलेको छ । यसले एचवान वी भिसा भएकाहरुको जीवनसाथी तथा २१ वर्ष मुनिका छोराछोरीका लागी यो भिसा दिदै आएको छ । अमेरिकन इमीग्रेसन लयर्स एशोसिएसनले यससम्बन्धमा अदालतमा मुद्धा दायर गरेको थियो । यसपछि नै अमेरिकाको गृह सुरक्षा विभाग यो सम्झौताको नजिक पुगेको हो । अमेरिकामा एचवान वी भिसाधारीहरुलाई ग्रिनकार्ड हुदै नागरिकताको बाटोमा लैजाने प्रकृया समेत अघि बढीरहेको छ ।
अमेरिकी सरकारले कामदार भिसा मार्फत अमेरिका आउन इच्छुकहरुलाई एचवान बी भिसा जारी गदै आएको छ । एचवान बी भिसा गैर आप्रवासी भिसा हो जसले अमेरिक ीकम्पनीहरलाई सैद्धान्तिक तथा प्राविधिक विशेषज्ञता आवश्यक पर्र्न विशेष पेशाहरुमा विदेशी कामदारलाई काम गर्ने अनुमति दिइन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected