अमेरिका आउदा लागेको ऋण तिर्ने सपना पुरा नहुदै आगलागीमा गयो ज्यान
अमेरिका– अमेरिकाको न्युयोर्कमा घरमा आलागी हुदा ३० वर्षिय नेपाली युवा वाङदी तामाङको दुख्द निधन भएको छ ।
न्युयोर्कको डचेस काउन्टीमा घर जलेर ध्वस्त हुदा मुत्यु हुने तामाङ सिन्धुपाल्चोकका भोटेकोशीका स्थायी बासिन्दा भएको सिन्धु युएसए वेलफेयर सोसाइटीका छिरिङ तेन्जिङ लामाले युएसनेपाल पोष्टलाई जानकारी दिएका छन् । उनको आधिकारिक नाम वाङदी शेर्पा रहेको लामाले बताए ।
उनको गत शनिवार घरमै सुतेको अवस्थामा ज्यान गएको हो । आगलागी के कारणले भयो भन्ने बारेमा केही केही खुलेको छैन । उक्त घर एक ताइवानी मुलका मानिसको रहेको बताइएको छ । उक्त घटनामा घर धनीकी छोरी २४ वर्षिय युवतिको पनि ज्यान गएको छ । घरमा रहेका अन्य भने भाग्न सफल भएका छन् । तामाङ संगै काम गर्ने र संगै कोठामा बस्ने अर्का नेपाली युवाको भने काममा गएकाले ज्यान जोगिएको छ ।
सोसाइटीले अल्वायुमै निधन भएका तामाङ प्रति श्रद्धान्दजी व्यक्त गदै समवेदना प्रकट गरेको छ । झण्डै पा“च वर्ष अघि अमेरिका आएका तामाङ स्थानिय एउटा ग्यास स्टोरमा काम गदै आएका थिए । कागजपत्रबिहीन उनी कागजी प्रकृयामा रहेका थिए । आर्थिक अवस्था अति नै कमजोर रहेका तामाङ अमेरिका आउदा लागेको ऋण समेत तिर्न सकेका थिएनन । उनको अवस्था कमजोर रहेकोले उनको दाहासंस्कार तथा धार्मिक पुजाका लागी सहयोगका लागी सबैलाई गोफन्ड मार्फत आग्रह गरिएको छ ।
https://www.facebook.com/donate/432380378270773/?fundraiser_source=external_url
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...