अमेरिकामा आन्तिरिक हवाई उडानमा यात्रुलाई कोरोना भ्याक्सिन अनिवार्य गर्न माग
अमेरिका– अमेरिकामा आन्तिरक हवाई उडान गर्ने यात्रुहरुलाई पनि कोरोना भ्याक्सिन अनिवार्य गर्न माग गरिएको छ ।
अमेरिकाका तीन दर्जन डेमोक्रेट सासदहरुले राष्ट्रपति जो बाइडेन समक्ष यस्तो माग गरेका हुन ।
अमेरिका भित्र हवाई यात्रा गर्दा कोरोना भ्याक्सिन अनिवार्य सगै कोरोनाको नेगेटिभ टेस्ट रिपोर्ट समेत अनिवार्य पेश गर्न समेत भनिएको छ ।
सबै अमेरिकनहरुको स्वास्थय सुरक्षाका लागी यस्तो नियम बनाउन र पालन गर्न जरुरी भएको सासंदहरुले बताएका छन् ।
त्यसो त यस अघि नै अन्तराष्ट्रिय हवाई उडान मार्फत अमेरिका आउनेहरुलाई कोरोना भ्याक्सिन लगाएको प्रमाण र कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको थियो । यी दुवै प्रकृया पुरा नगर्नेलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नियम बाइडेन प्रशासनले लगाएको छ ।
अमेरिकामा पछिल्लो क्रममा अधिकांश ६५ साल भन्दा माथिका उमेर समुहले बुष्टर डोज लगाइसकेका छन् । अमेरिकामा तीन मध्ये एक अमेरिकीले बुष्टर डोज लगाएको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...