अमेरिकामा जनवरी ६ मा संसद भवनमा कुर्सि फ्याक्ने आइटी कम्पनीका सिइओलाई जेल
अमेरिका– अमेरिकाको संसद भवन (क्यापिटल हिल) हिंसामा कुर्सि फ्याकेको अभियोगमा शिकागो स्थित एक आइटी कम्पनीको सिइओ ब्रेन्डली रुक्सटेल्स जेल सजाय सुनाइएको छ ।
गत जनवरी ६ मा अमेरिकाको बासिङटन डिसी स्थित संसद भवन भित्र दंगाको क्रममा उनले कुर्सि फ्याकेको अभियोगमा ३० दिनको काराबासको सजाय सुनाइएको हो । संसदभवनमा कुर्सि फ्याकेपछि उनको जागीर समेत गुमेको थियो । उनलाई जिल्ला न्यायधिस कार्ल निकोल्सले ५ सय डलर जरिवना क्षतिपुर्ति भुक्तानी गर्न आदेश दिएका छन् । उनले संसद भवनमा हमला गदै प्रहरी भएको दिशा तर्फ कुर्सि फ्याकेको स्वीकार गरेका थिए । घटनापछि नै उनलाई कम्पनीको सिइओ पदबाट हटाइएको थियो । उनले जनवरी ६ मा आफुले गरेको कार्यको खेद व्यक्त गरेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...