अमेरिका– अमेरिकामा एक व्यक्ति विना अपराध २४ वर्ष जेल भित्र बन्द रहेर बाहिर निस्केका छन् ।
अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्ने डन्टे सार्प निर्देाष रहेको पृष्ठि भएपछि जेलबाट रिहा भएका हुन । उनलाई सन् १९९४ मा एउटा हत्याको मामलामा अपराधी ठहर गरिएको थियो र १९९५ मा जन्मकैदको सजाय सुनाइएको थियो । तर जेल सजाय सुनाइए पनि उनले अपराध नगरेको बताउदै आएका थिए । तर उनी निर्दोष नभएको प्रमाण नभेटेपछि अदालतले यस्तो सजाय सुनाएको थियो । तर दुई वर्ष अघि भने अदालतले उनलाई गलत तवरले जेलमा राखिएको ठहर गरेको थियो । यसै साता उनी जेलबाट रिहा भए र अदालतले समेत आफनो गल्ती स्वीकारेको छ ।
चार्लिन जोन्सन नामकी एक महिलाले गलत बयान दिएका कारण उनलाई पक्राउ गरिएको थियो । ति युवतिले डन्टे सगै अर्का व्यक्ति मिलेर रेडक्लिफ नामका व्यक्तिको हत्या गरेको बयान अदालतमा दिएकी थिइन । जेलबाट छुटेपछि उनको होस उडेको छ । अनाहकमा आफनो लामो जीवन जेलको चिसो छिडीमा बितेकोमा उनी निराश बनेका छन् । उनले जेलबाट निस्केपछि अदालत विरुद्ध मुद्धा हाल्ने र सरकार समक्ष क्षतिपुर्ति माग गर्ने निर्णय गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected