अमेरिका– अमेरिकामा पछिल्लो समय अर्थव्यवस्था खस्केपछि राष्ट्रपति जो बाइडेनको लोकप्रियता घटेको छ ।
बासिङटन पोष्ट तथा एबिसी न्युज पोल द्धारा गरिएको सर्वेमा ५३ प्रतिशत सर्वसाधारणले बाइडेनको कामप्रति निराशा व्यक्त गरे । सर्वेमा सहभागी ७० प्रतिशतले भने अमेरिकाको अर्थव्यवस्था नत राम्रो छ नत खराब नै छ भनेर राय व्यक्त गरेका छन् ।
अर्थ व्यवस्था सुधारका लागी जो बाइडेनले १ दशमलव २ ट्रिलियन अमेरिकी डलरको प्याकेज घोषणा गरेका थिए । तर पनि उनको रेटिङमा सुधार आएको छैन ।
कोरोना महामारी रोकथामलाई लिएर पनि ४९ प्रतिशतले पोलमा बाइडेन प्रति असहमति जनाएका छन् । तर ४७ प्रतिशतले भने बाइडेन प्रशासनले महामारी रोकथाममा बृहत्तर काम गरेको जनाएका छन् ।
तर तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा भने डेमोक्रेट सरकारले बृहत्तर काम गरेको सर्वेमा देखिएको छ । तत्कालिन समय २०१७ मा डोनाल्ड ट्रम्पले ६५ प्रतिशतले राम्रो काम नगरेको बताएका थिए भने अहिले बाइडेन प्रति ६३ प्रतिशतले उपलब्ध हािसल नगरेको बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected