मिसिगन युनिभर्सिटीमा अचानक फैलिएको फ्लुको महामारीले ५२८ विद्यार्थी बिमारी
अमेरिका– कोरोना महामारीबीच अमेरिकाको एउटा चर्चित युनिभर्सिटीमा अचानक तिब्र रुपमा फैलिएको फ्लुबाट सयौ विद्यार्थी बिरामी परेका छन् ।
अमेरिकाको मिशिगन युनिभर्सिटीमा फ्लुको संक्रमणका कारण बिरामी परेका हुन । गएको अक्टोबर महिना देखि लिएर हालसम्म ५ सय २८ विद्यार्थी बिरामी परेको केन्द्रिय रोग उपचार तथा रोकथाम केन्द्रले जनाएको छ । फ्लु संक्रमण हुने विद्यार्थी मध्ये ७७ प्रतिशतले भ्याक्सिन लगाएका छैनन । स्वास्थटोली पुगेर जाच गरेपछि विद्यार्थीहरुमा फ्लुको संक्रमण पाइएको हो । युनिभर्सिटीका अनुसार पछिल्लो साता यता फ्लु संक्रमण हवात्तै बढीरहेको छ ।
मिसिगन युनिभर्सिटीको स्कुल अफ पब्लिक हेल्थको महामारी विज्ञानका सहायक् प्राध्यापक एमिली मार्टिनका अनुसार पछिल्ला वर्षहरुमा देखिएको भन्दा अहिलेको फ्लुको संक्रमण भिन्नै रहेको छ । युनिभर्सिटीका अनुसार थप जाचका क्रममा अझै फ्लु संक्रमण दर बढन सक्ने बताएको छ ।
अमेरिकामा बिशेष गरि फ्लुको सिजन सबैतिर अक्टोबर महिना देखि सुरु हुने गरेको छ । जुन मे महिनासम्म चलीरहन्छ । मिसिगनमा यो वर्ष अहिलेसम्म फ्लु भ्याक्सिनको २२ लाख डोज लगाइसकिएको छ । यो राज्यको कुल आवादी २२ प्रतिशत रहेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...