अमेरिका– नेपालले आफनो सहयोग परियोजना (एमसिसि) पास नगरे अन्य मुलुकलाई दिने अमेरिकाले बताएको छ।
नेपालको भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पत्रकारहरुसंगको भेटघाटमा एमसिसि पास गर्ने नगर्ने नेपालको आफनो निर्णय रहेको बताए ।
उनले एमसिसि ऋण नभएर अनुदान भएको र संसारका थोरै मुलुकले मात्र यो पाएको स्पष्ट पारेका छन् ।
उनले अनुदान लिने नलिने नेपालको निर्णयमा भर पर्ने बताउदै ढिला गरेको खण्डमा सहयोग रकम अन्य मुलुकमा जाने बताएका छन् । अमेरिकी सहायक विदेश मन्त्रीले नेपालले एमसिसि लिने या नलिने निर्णय आगामी १४ डिसेम्बर सम्म टुगो लगाउनु पर्ने समयसिमा समेत दिएका छन् । यो समयसम्म नेपालले टुगो नगरे अन्य मुलुकमा लैजाने दोहोराएका छन् । सहायक विदेशमन्त्री लुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंगको भेटघाटमा समयसिमा तोकेका हुन ।
पछिल्लो समयमा नेपालमा एमसिसि चाहिने या नचाहिने बारेमा ठुलो बहस चल्दै आएको छ । यस बारेमा राजनितिक दलका नेताहरु बीच पनि चाहिने र नचाहिने बीचमा मतभेद रहेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...