अमेरिका–मान्छेहरुले अरु माथि विना काम शंका र आरोप लगाउदा पछि पछुताउनु पर्छ । थथार्थ नबुझी कसैमाथि शंका गर्दा त्यो पछि धेरै महंगो सावित हुन पुग्छ । यस्तै यहा अमेरिकामा पनि एउटा घटना भएको छ ।
अमेरिकाको ओक्लोहोमा एक महिलाले चर्चमा धनियाको पात लिएर जादा गाजा ठानेर पादरीले चर्चबाट निकाली दिएका छन् ।
ओक्लोहमा निवासी अश्ली एन्टीबेर्सो नामक महिलालाई गाजा ल्याएको आरोपमा चर्चबाट बाहिर निकालिएको हो । तर उनले धनियाको पात बोकेर गएपनि कसैले बिश्वास गरेनन । उनले पादरीलाई धनियाको पात सुग्न आग्रह गरिन । तर उनी माथि धर्म भ्रष्ट गर्न लागेको आरोप लगाएपछि त्यहा“ हंगामा भयो । प्रहरी आएर छानवीन गरेपछि भने त्यो गाजा नभएर धनियाको पात भएको पृष्टि भएको थियो । बजारबाट धनियाबो मुठा किनेर उनी सिधै चर्च गएकी थिइन । चर्चमा प्रार्थन गर्न नपाएर बाहिर ति महिला रुदै बसेकी थिइन । कसैले पनि उनलाई चर्चमा पस्न दिएनन ।
पछि उनी निर्देाष ठहरिएपछि उनलाई चर्च भित्र प्रार्थना सभामा सहभागी गराइएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected