अमेरिकाका एक जना व्यापारी चन्दादाताले युएसनेपाल पोष्टसंग गुनासो गदै भने– ‘समाजसेवी भन्नले करोडौ रकम मबाट चन्दा लिएर अधिकांश रकम सम्बन्धी ठाउ“मा उपयोग नगरेको पाए ।’ सयमा दस प्रतिशत खर्चेर नब्बे प्रतिशत रकम हिनामिना गरेको देखियो ।
मैले सम्बन्धी ठाउ“मा पुगेर प्रमाण जुटाएको छु । उनले तीन करोड रुपैया अमेरिकाको टेक्ससमा नेपाली समाजसेवी कहलिएका लाई खनखन्ती गनेर दिएका रहेछन् । उनले दिएको रकमले न विद्यालय निर्माणमा पुरै खर्च भयो न अन्य नेपालको सामाजिक विकासको काममा । उनी भन्छन्– ‘तीन करोडमा एक करोड रुपैया पनि उनले नेपालको विकासमा खर्चेका रहेनछन् । नेपालमा भुकम्प जादा ताका उनले यतिका रकम सहयोग गरेका थिए ।
उनले त्यत्रो रकम नेपालको सामाजिक कामका लागी एकै व्यक्तिलाई दिएको प्रमाण भेटिएको छ । तिनै व्यक्ति अमेरिकामा प्रतिष्ठित समाजसेवी बनिरहेका छन् । आफनो खल्तीको सुको पैसा नहाल्ने र अरुबाट उठाएर समेत पारदर्शि नगरी यसरी हिनामिना गर्नेको उनी सार्वजनिक रुपमै भण्डारफोर गर्ने तयारीमा छन् । अहिलेसम्म करोडौ रकम चन्दा दिएका उनको नाम कहि कतै आएको छैन । चन्दा लिएर समाजसेवीको छवि बनाएकाको मात्रै नाम त्यसमा आउछ र आउने गरेको छ । उनलाई आफनो नाम नआएकोमा कुनै गुनासो छैन । बरु आफुले सामाजिक कामका लागी गरेको सहयोग रकम सम्बन्धी ठाउ“मा खर्च हुन नसकेकोमा उनको आपत्ती हो । उनले रकम हिनामिना भएको प्रति यो लेखक संग गुनासो राखेका थिए । उनले हिनामिना गरेको रकम प्रमाण आफुसंग राखेका छन् । आफनो रकम बालुवामा पानी भएकोमा उनी आक्रोसित समेत बनेका छन् ।

हो पछिल्लो क्रममा अमेरिकामा अरु व्यक्तिबाट रकम उठाएर समाजसेवीको बिल्ला भिर्नेहरुको संख्या यहा“ बढ्दो छ । नेपालमा यो बनाउने त्यो बनाउने भन्दै अड्डी हाक्ने केहीले थोरै गरेर धेरै रकम आफनै खल्ती भर्न थालेको भेटिएको छ । यसरी रकम उठाएर सबैले खराब काम गरेका छन् भन्ने मेरो लेखको आशय हैन । तर केहीले नेपालको सामाजिक विकासमा काम गर्ने भन्दै उठाएको रकमको पारदर्शिको कुरालाई यहा“ उठाउन खोजिएको हो । पछिल्लो क्रममा अमेरिकामा सामाजिक सेवा भन्दै विभिन्न बहानामा सहयोग रकम उठाउने क्रम बढेको छ । जसले गर्दा समाजसेवाको नाममा दुरुपयोग व्यापक रुपमा बढेको गुनासो आउन थालेको छ ।
यसका लागी विभिन्न फन्ड राइजीङ कार्यक्रमहरु पनि यहा“ हुदै आएका छन् । सामाजिक कामका लागी भन्दै फन्ड राइजीङ कार्यक्रम आयोजना हुन्छन् र रकम उठाइन्छ । तर त्यसको हिसाबकिताबको कुनै लेजाजोखा छैन । पैसा उठाउनका लागी यस्ता कार्यक्रम आयोजना हुन्छन् तर के कति रकम उठ्यो त्यसको अत्तोपत्तो हुदैन । न कार्यक्रम गर्ने आयोजकले त्यसको सार्वजनिक नै गर्छन् । यसरी उठाइएको रकम नेपालमा के कति सहयोग भयो त्यसको बारेमा समेत आधिकारिकता पुष्टि हुदैन ।
रकम उठाएर सामाजिक सेवीको छवी बनाएकाहरुको यो हर्कतले चन्दा सहयोग गर्नेहरु समेत आर्जित भएका छन् । फन्ड राइजीङ कार्यक्रमका लागी रकम सहयोग गदै आएका टेक्ससका एक व्यापारीले पछिल्लो समयमा सहयोग रकम प्रति नै प्रश्न उठेपछि अहिले दिन छाडेको बताउछन् । ‘हिसाबकिताब केही हुदैन, सम्बन्धीत ठाउ“मा पुग्यो कि पुगेन’ उनले भने– ‘सामाजिक कामका लागी भन्दै रकम उठाउने र त्यसको सही सदुपयोग नभएको गुनासोहरु आउने क्रम बढेको छ ।’
हुन पनि केहीले समाजसेवाको नाममा रकम उठाउने र केही रकम नेपालमा सहयोग गरे जस्तो गर्ने र बाकी झवाम्म पार्ने गरेको केही प्रमाण फेला परेको छ । नेपालमा भुकम्प जादा समेत अमेरिकामा व्यक्ति–व्यक्तिले भुकम्प पीडितका नाममा पैसा उठाएर हिनामिना गरेको यस अघि नै समाचारहरुमा आइसकेका छन् ।
पछिल्लो क्रममा विभिन्न नाममा सामाजिक कामका लागी भन्दै अमेरिकामा सहयोग रकम उठाउने लहरनै चलेको छ । विभिन्न कार्यक्रम गरेर होस या अन्य माध्यमबाट रकम उठाइने गरिएको छ ।
यसरी समाजसेवाका नाममा रकम उठाउदै आफनो व्यक्तिगत प्रयोजन र फाइदाका लागी केही व्यक्तिहरु अग्रसर हुन थालेपछि सेवाभावले समाजसेवामा लाग्नेहरुलाई समेत यस्तो कार्यले हिलो छ्याप्ने काम गरेको छ । समाजसेवीको खोल ओढेकाहरुको मुकुन्डो नउतारे सम्म यो दुरुपयोग रोकिने देखिदैन ।
यसरी नेपालमा समाजसेवाको नाममा धमाधम रकम उठाउने क्रम बढदै गएपनि यसको सही अनुगमन र नियमनकारी निकाय नहु“दा सहयोग रकम दुरुपयोग हुने क्रम बढेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected