अमेरिकामा क्रिसमस परेड माथि गाडी कुदाउदा ५ को मुत्यु, ४० बढी घाइते
अमेरिका– अमेरिकाको विसकन्सिनको वाकेसामा भएको एउटा क्रिसमस परेडमा भीड माथि सवारी कुदाउदा ५ जनाको ज्यान गएको छ । घटनामा ४० भन्दा बढी घाइते भएका प्रहरी अधिकारीलाई उदृद्ध गदै संचारमाध्यमहरुले जनाएका छन् । घटनामा अझै घाइते हुन सक्ने बताइएको छ । घाइते मध्ये केही आफै अस्पताल पुगेका थिए भने कतिपयलाई उद्धार गरेर लगिएको थियो ।
आइतबार दिउसोको घटना भएपनि राती अबेर मात्र पाच जनाको मुत्यु भएको स्थानिय प्रशासनले पृष्ठि गरेको थियो । घटनामा स साना बालबालिका अधिक रुपमा सडकमा ढलेका थिए ।
थ्याक्स गिभिङको पहिलो आईतबार हरेक वर्ष यहा“ क्रिसमस परेड आयोजना हुदै आएको छ ।
रातो रंगको एसयुभी सवारी सडकको बारहरु भत्काउदै क्रिसमस परेड भइरहेको स्थलमा पुगेर भीडलाई ठक्कर दिएको थियो । सवारी ठक्करपछि परेडमा सहभागी सर्वसाधारण सडकमा ढलेका थिए । प्रहरीले भीडमा कुदेको सवारी रोक्न बन्दुक समेत चलाएको थियो ।
प्रहरीले घटना लगत्तै एक जनालाई पक्राउ गरेर हिरासतमा लिएको छ । तर गाडी जोत्ने व्यक्ति हुन या अन्य कुनै केही पृष्ठि भएको छैन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...