जो बाइडेनले २०२४ को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने
अमेरिका– अमेरिकामा फेरि राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपतिय निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारको रुपमा देखिदैछन् । उमेरले बृद्ध अवस्थामा पुगेका बाइडेन पुनः २०२४ को निर्वाचनमा राष्ट्रपति दाबी गर्ने वाइट हाउसले पृष्ठि गरेको छ । उता उपराष्ट्रपति कमला हयारिसको चर्चा चलीरहेको बेला उनको उम्मेदावरको पनि चर्चा चलेको हो । वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले बाइडेनले २०२४ को निर्वाचनमा उम्मेदवारी दाबी गर्ने बताएकी छिन् ।
बाइडेनले आफनाः सहयोगीहरुलाई आश्वासन दिदै २०२४ मा राष्ट्रपतिको उम्मेदवार दाबी गर्ने भनिरहेका बेला वाइटहाउसको यो बयान अगाडी आएको हो । जो बाइडेनलाई अहिले ४० प्रतिशत मतदाताले मात्रै समर्थन जनाएको बासिङटन पोष्ट तथा एबिसीको सर्वेमा देखिएको छ । मुलुकमा महंगी बढेपछि बाइडेनको लोकप्रियता हवात्तै घटेको हो । यदि बाइडेन २०२४ मा पुनः राष्ट्रपतिको उम्मेदवार बने भने उनको उमेर ८२ वर्षको हुनेछ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...