टेक्सस-अमेरिकाको टेक्ससको अस्टिनमा नेपाली युवा रफि खडकीको दुख्द निधन भएको छ ।
साता दिन अघि अकस्मात सुतेको अवस्थामा बेहोस भएपछि अस्पताल पुराइएका खडकीको सोमबार दिउसो निधन भएको हो । अति गंभीर अवस्थामा बिरामी परेपछि उनी कोमा मा पुगेका थिए । २१ वर्ष अघि बिद्यार्थी भिसामा अमेरिका आएका खडकीको निधनले अस्टिनका नेपाली समुदायमा ठुलो क्षति पुगेको अस्टिनका सामाजिक अभियान्त देवराज न्यौपानेले बताए ।
कठमान्डौको वीर अस्पतालमा रेडियोलोजिस्टको रुपमा काम गर्दा गदै रफि विद्यार्थी भिसामा अमेरिका आएका थिए । दुई वर्ष अघि मात्र उनले विवाह गरेका थिए । कागज नभएपछि बीचमा बुबा आमाको निधन हुदा समेत नेपाल जान पाएका थिएनन । भर्खर मात्र अमेरिकामा स्थायी बसोबास ग्रिनकार्ड प्रकृया पुरा गरेर यही डिसेम्बर २१ म नेपाल जाने तयारीमा थिए । तर उनको २१ वर्षको विदेश बसाई पछि नेपाली भुमी टेक्ने सपना सधैका लागी अन्त्य हुन पुग्यो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected