अमेरिका– अमेरिकामा एक महिलाले आफनो पुर्व श्रीमानको हत्या गर्न वेभसाइट मार्फत हत्यारा बुकिङ गरिन ।
आफनो पुर्व श्रीमानको ज्यान लिने उद्देश्यले हत्यारा बुकिङ गरेकी मिसिगनकी ५२ वर्षिइा वेन्डी वेनको योजना प्रहरीले विफल बनाइदियो । हत्याको योजना अघि नै उनी पक्राउ परिन । उनी माथि अनुसन्धान सुरु भएको छ र उनलाई ९ वर्ष सम्मको जेल सजाय हुने अनुमान गरिएको छ ।
उनले इन्टरनेटमा खोजी गर्ने क्रममा एउटा वेभसाइट फेला पारिन र हत्याको योजनाका लागी सम्पर्क गरेकी थिइन । तर उक्त वेभसाइट हत्यारा दिलाउने नभएर जासुसी पत्ता लगाउने थियो भन्ने कुरा उनले हेक्का नै राखिनन ।
क्यालिफोर्नियमा बस्दै आएका बब इन्सले २००५ मा दर्ता गरेको उक्त वेभसाइट हत्यारा हायर गर्ने थिएन । जासुसी गर्ने यो वेभसाइट गैरकानुनी कामका लागी थिएन । तर यी महिललो हत्यारा हायर गर्ने वेभसाइट ठानिन र सम्पर्क गरिन । पछि उनि वेभसाइटकै संचालक मार्फत कानुनको कठघरामा पुगिन र प्रहरीले पक्राउ ग¥यो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...