ॲाखाकेा करणी
उनी असजिलो मान्दै आफ्नो सल छातितिर टॅास्दै थिइन्। मेरा ॲाखा अनायासै उनि माथि परेको थियो। हेर्दा आकर्षक देखिने गहुं गोरी, मझौलो कदकि भरिली युवती खचाखच भरिएको यात्रु बसमा यात्रा गर्दै थिइन्। उनीसॅगै बसेको एक पुरुष उनलाई खाउंला जस्तो गरेर हेरि राखेको थियो।
म अगाडि पट्टि तेर्सो परेको सिटमा बसेकि थिएं। मेरौ ॲाखाले त्यो दृष्य अनायासै नियाल्न पुगेको थियो। उसो त म मानिसको चियो चर्चो गर्दिन तर मेरो ॲाखा सिधै त्यहि सिटतिर पर्ने भएकोले उनको घरबराएको अनुहारले पटक पटक मेरो नजर तानि रहेको थियो।
उनि कहिले ॲाखा चिम्लिन्थिन् त कहिले झ्याल बाहिर हेर्थिन्।आफुलाई क्वार्कवार्ती हेरि रहेको मान्छेलाई नदेखेको जस्तो गर्न खोज्थिन् तर झुकेका नजरले घरि घरि त्यहि पुरुषतिर परेको हुन्थ्यो। अहिले त झन् त्यो पुरुष आफ्ना ओठ टोकेर सिधै उनको ओेठ र छातितिर हेरि रहेको थियो। अझै सिटमुनिबाट सामान झिक्ने निहुमा करिव करिव उनलाई ॲकमाल नै गरे सरि टॅास्सिन्थ्यो। उनि थरर काम्दै सिटमा आड लाग्थिन्।
कहिले झ्याल खोल्ने निहुमा त कहिले ज्यान तन्काउने निहुमा पटक पटक उनको कांध, गाला ‘छोइएको जस्तो’ गरि छोइ रहेको हुन्थ्यो।।उनि सकेसम्म झ्यालतिर टॅासिन्थिन्।उनको ॲाखा राता देखिन्थे। सायद ति ॲाखामा लाज र रीस मिसिएको थियो।उनि अझै खुम्चिएर बसिन्।उ अझै फुकेर बस्यो।सलले अगाडिको सॅपुर्ण भाग घांटीसम्म आउने गरि ढाकिन्।उस्ले आफ्नो कुइनो उनको छातितिर फैलायो। उनि श्वास रोक्ला जस्तो गरेर डरले कॅापिन्। उ लामो लामो श्वास फेर्दै चलमलाउन थाल्यो।
त्यो दृष्य हेर्दा हेर्दै चक्कर लागेर ॲाखा चिम्लिन्छु। ॲाखा खोल्दा उनको अनुहारमा आफ्नो अनुहार देख्छु। रीसको पारा पराकाष्ठामा पुगि सकेको थियो।मेरो गन्तव्य आउन अझै २ स्टप बॅाकी थियो तर यात्रा गर्न सक्छु जस्तो लागेन।जुरुक्क उठेर सिट माथिको सामान झिक्ने निहुमा उनि बसेको सिट नजिक पुग्छु र उस्को खुट्टो गाडिको ब्रेक लागेको बैलामा उछिट्टैको जस्तो गरि बेस्सरी टेकि दिन्छु। उस्को लामो लामो श्वासमा पनि ब्रेक लाग्छ। उस्को मुखबाट खै के के अश्लिल गालि निल्किएको थियो। सुनिन। सुन्न पनि चाहिन। मेरा ॲाखा उनको कृतज्ञताले भरिएको नजरसॅग मिलेर भरिइ सकेका थिए। मेरो टेकाइको दुखाइले उ चिच्याउंदा उनको अधरमा फैलिएको मुस्कान सम्झिदै बसबाट झरें। बाटो लागें।