अमेरिका– विश्व स्वास्थय संगठन (डब्लुचओ) ले कोरोनाको नया भेरियन्ट ओमिक्रेान कति संक्रमक र खतरनाक छ भन्ने बारेमा अनिश्चित रहेको बताएको छ । तर यो भाइरसलाई डब्लु एच ओले चिन्ताजनक स्वरुप भनेको छ । यसलाई खतरानाक श्रेणीमा समेत राखेको छ ।
डब्लुएचओले यदि ओमिक्रोनका कारण कोरोनाको अर्केा लहर आयो भने परिणाम गंभीर हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । अहिलेसम्म ओमिक्रोनबाट कसैको पनि मुत्यु भएको घटना भने आएको छैन ।
कोरानाको यो नया भेरियन्ट ओमिक्रोन डेल्टा तथा अन्य स्वरुप भन्दा अधिक संक्रमक तथा अधिक बिमारी हुन सक्ने बारेमा थथार्थ जानकारी उपलब्ध नरहनेको विश्व स्वास्थय संगठनले जनाएको छ । तर ओमिक्रोनको लक्षण कोरोनाको अन्य भेरियन्ट भन्दा फरक रहेको छ । विश्व स्वास्थय सगठनले ओमिक्रोनको स्वरुपको गंभीरताको स्तर थाहा पाउन केही दिन तथा हप्ताको समय लाग्ने बताएको छ ।
यो ओमिक्रोन पहिलो पटक नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पनि पहिचान भएको थियो । दक्षिण अफ्रिकापछि हङकङ , बेल्जियम, ब्रिटेन, अष्ट्रेलिया डेनमार्क, नेदरल्यान्ड , इजरायल तथा बोत्सवाना पनि पहिचान भएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...