अमेरिका– टेक्ससको हयुस्टनमा एक व्यक्तिलाई कोभिड–१९ राहत कोषबाट प्राप्त रकम मंहगो कार, घडी तथा घरको ऋण तिर्न प्रयोग गरेको अभियोगमा ९ वर्षको जेल सजाय सुनाइएको छ ।
अमेरिकाको न्याय विभागले ३० वर्षिय लि प्राइस नामक व्यक्तिलाई कोराना राहत रकम लिन नक्कली आवेदन पेश गरि रकम दुरुपयोग गरेको अभियोगमा जेल सजाय सुनाइएको हो ।
आरोपीले आफनो अपराध अदालत सामु स्वीकार गरिसकेका छन् । कोरोना कालमा साना व्यवसायलाई राहत पुगोस भनेर अमेरिकी सरकारले कोराना राहत ऋण उपलब्ध गराउदै आएको थियो । यो कार्यक्रम गएको मे ३१ म समाप्त भएको छ ।
अमेरिकाको संघीय ब्युरोले अहिलेसम्म आधा बिलियन डलर भन्दा बढी रकमको दुरुपयोग भएको पहिचान गरेको छ र जसमध्ये ४ सय ७४ जनलाई यस अपराधमा दोषी ठहराइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected