ट्वीटर कम्पनीको प्रमुख कार्यकारी नियुक्त भारतीय मुलका अग्रवालको वार्षिक तलब कति ?

Koi
अमेरिका– विश्वकै सबैभन्दा ठुलो सामाजिक सञ्जाल ट्वीटरमा नया प्रमुख कार्यकारीको रुपमा भारतीय मुलका ३७ वर्षिय पराग अग्रवाल नियुक्त भएका छ्न । ट्वीटरका पुर्व सिइओ ज्याक डोर्सि हटेपछि उनी नया सिइओ भएका हुन । दस वर्ष अघि उनी ट्वीटर कम्पनीमा आवद्ध भएर काम सुरु गरेका थिए । २०११ म सफटवेयर इन्जियरको रुपमा काम सुरु गरेका अग्रवाल पछिल्लो समय प्रविधि प्रमुख रुपमा कार्यरत थिए । यसरी नियुक्त भएका अग्रवालले वार्षिक रुपमा ट्वीटर कम्पनीबाट १० लाख अमेरिकी डलरको तलब पाउनेछन् । यसका साथै उनले आफनो तलबको १५० प्रतिशत वार्षिक कार्य सम्पादनका लागी बोनसका लागी योग्य ठहरिनेछन् ।
अग्रवाल भारतको मुम्बईबाट कम्पयुटर साइन्स तथा इन्जिनियरिङको अध्ययन सकेर पिएचडी गर्न अमेरिकाको स्टयानफोर्ड विश्वविद्यालयमा आएका थिए । उनले ट्वीटर अघि याहु, माइक्रोसफ्ट तथा एटी एन्ड टी ल्याबमा पनि काम गरेका थिए । २००५ मा उनी पिएचडि गर्न भारतबाट अमेरिका आएका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...