अमेरिका– संसारकै धनि भनिएका अर्बपति एनल मस्कले अमेरिकी राष्टपति जो बाइडेन र पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि निशाना साधेका छन् । टेस्ला कम्पनीका मालिक मस्कले नेताहरुको मुलुक समाहल्ने उमेर सिमा तय हुनु पर्ने बताएका छन् । उनले उमेरको समय सिमा तोकेर राजनिति कार्यालय सम्हाल्न दिनुपर्ने तक राखेका हुन ।
उनले ७० वर्ष भन्दा मुनिको समय सिमा हुनुपर्नेमा जोड दिएका छ्न । ७९ वर्षिय जो बाइडेन र डोनाल्ड ट्रम्प २०२४ मा फेरि राष्ट्रपति चुनाव लडने इच्छा देखाएपछि उनको यस्तो आशय आएको हो
मस्कले एक ट्वीट गदै उनले ७० वर्ष भन्दा माथिका लाई मुलुक समाल्हने जिम्मेवारी दिन नहुन आशय व्यक्त गरेका छन् । उनले नाम तोकेर ट्वीट नगरेपनि यो बाइडेन र ट्रम्प प्रति नै लक्ष्ति रहेको छ ।
उनले गरेको यो ट्वीटमा ठुलो बहस चलेको छ । ट्वीटरमा उनले गरेको ट्वीटको आशयलाई धेरैले समर्थन गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि २०२४ मा राष्ट्रपतिमा उम्मेदवारी दिने वाइट हाउसले समेत पृष्ठि गरिसकेको छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...