अमेरिका– अमेरिकामा कोरोनाको नया नया भेरियन्ट भित्रिएपछि बाइडेन प्रशासनले अमेरिका आउने यात्रामा नया नियमहरु लागु गरेको छ । अमेरिका यात्राकामा समेत कडाई गरिएको छ ।
बाइडेन प्रशासनले नियममा कडाइ गरे पनि लकडाउन भने गर्न नपर्ने बताएको छ ।
अब अमेरिका आउदा सबै अन्तराष्ट्रिय यात्रुहरुले २४ घन्टा अघि कोरोनो टेस्ट गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ । यो अमेरिकी नागरिकता बहाक तथ ग्रिनकार्ड र अमेरिका आउने सबै यात्रुमा लागु हुनेछ ।
आउदो सोमबार देखि यो नियम लागु हुने अमेरिकी सरकारले घोष्णाा गरेको हो । यस अघि अमेरिका यात्रा गर्दा ७२ घन्टाको कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने र भ्याक्सिन लगाएको हुनुपर्ने प्रावधानमा अमेरिकी बाइडेन प्रशासनले ओमिक्रोनको खतरालाई लिएर परिवर्तन गरेको हो ।
यसै गरि मार्च महिनाको मध्यसम्ममा हवाई उडान, विमानस्थल ट्रान्जिट, सार्वजनिक यातायातहरुमा मास्क समेत अनिवार्य गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected