अमेरिका– कोरोनाभाइरसको नया भेरियन्ट ओमिक्रोन अमेरिकाको पाच वटा राज्यमा फैलिसकेको छ ।
क्यालिफोर्नियामा पहिलो पटक भेटिएको ओमिक्रोन एक दिनपछि न्युयोर्क हुदै मिनिसोटा, क्लोराडो र हवाई राज्यमा भेटिएको पृष्ठि भएको हो । यो भाइरस न्युयोर्कमा पाच जनामा भेटिएको छ । यसरी भेटिएको ओमिक्रोन संक्रमितहरुको अवस्था भने सामान्य रहेको स्वास्थय अधिकारीहरुले बताएका छन् ।
यसरी ओमिक्रोन पृष्ठि भएका कतिपयले कोरोनाको दुबै डोज संगै बुष्टर डोज लगाइसकेका पनि रहेका छन् । यसरी अमेरिकामा भेटिएका केही संक्रमित अन्तराष्ट्रिय यात्रामा गएका र केही अमेरिका भित्रै बसेर पनि संक्रमित भएको पृष्ठि भएको छ ।
अमेरिकी स्वास्थ अधिकारीहरुले ओमिक्रोन भाइरसलाई लिएर आत्तीहाल्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । मास्क लगाएर आफु सुरक्षीत तवरले हिडडुल गरेको खण्डमा यसबाट बच्न सकिने बताएका छन् ।
दक्षिण अफ्रिकामा भेटिएको यो भाइरस यतिबेला युरोप अमेरिका हुदै एशियाली मुलुकहरुमा फैलिसकेको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...