भारतीय तथा एशियाली मुलुकका घरलाई लक्ष्ति गरी लुटपाट मच्चाउदै आएकी एक गिरोहकी नाइके अमेरिकी महिललाई ३७ वर्षको सजाय सुनाइएको छ ।
उनी टेक्सस निवासी ४४ वर्षिया चाका कास्त्रो हुन । उनलाई मिचिगन अदालतका न्यायधिस लौरी माइकल्सनले दोषी ठहर गदै सजाय सुनाएको हो ।
कास्त्रो र उनको गिरोहले न्युयोर्क, जर्जिया, ओहायो, मिचिगन तथा टेक्ससका घरहरुलाई निशाना बनाउदै २०११ देखि २०१४ सम्म लुटपाट गदै आएका थिए । कास्त्रोले डकैती गर्नु अघि यी राज्यका एशियन तथा भारतीय मुलका अमेरिकनहरुको घरको सुची तयार पारेर गिरोहलाई लुटपाटका लागी जिम्मेवारी दिने गर्थिन । गिरोहले हतियार सहित घरभित्र पसेर घरका सदस्यलाई बन्दक देखाउदै  लुटने गरेका थिए ।
सन् २०१९ जुन ५ मा लुटेराकी नाइके कास्त्रोलाई अदालतले दोषी ठहर गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected