अमेरिकी सिमामा आएर एसाइलम खोज्ने आप्रवासीलाई पुनः मेक्सिको फिर्ता पठाइने

अमेरिका– बाइडेन प्रशासनले तत्कालिन ट्रम्पकालिन नितिलाई अंगीरका गदै अमेरिका सिमामा आएर एसाइलम खोज्ने आप्रवासी शरणार्थिलाई मेक्सिको फिर्ता पठाउने निति लागु गरेको छ ।
बाइडेन प्रशासनले बिहीबार यो नितिलाई बाध्यताबस लागु गरेको हो । बाइडेन प्रशासनले अब अमेरिका सिमा क्षेत्रमा आएर एसाइलम खोज्नेहरुलाई मेक्सिको नै फिर्ता पठाउने छ । यस अघि बाइडेन प्रशासनले मेक्सिको फिर्ता नपठाउने अडान लिदै आएकोमा अदालती प्रकृया पछि बाध्य भएको हो । यस अघि ट्रम्प प्रशासनले हजारौ आप्रवासीलाई मेक्सिको फिर्ता पठाएको थियो ।
यो निति डोनाल्ड ट्रम्पले २०१९ मा लागु गरेका थिए । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको कार्यभार समालेको पहिलो दिनमै कार्यकारी आदेश जारी गरि यो निति समाप्त गरेका थिए ।
ट्रम्पकालिन नितिले पुन निरन्तरता पाएपछि अमेरिका शरण माग्ने हजारौ कागवबिहीन आप्रवासीहरुको अवस्था अन्यौल बनेको छ । अब अमेरिका प्रवेश गर्ने इच्छा राख्ने गैर आप्रवासीहर मेक्सिकोमा नै रोकिनु पर्ने भएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...