अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिन बीच आउदो मंगलबार बार्ता
अमेरिका–अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिन आउदो मंगलबार बार्तालाप गदैछन् ।
भिीडयो कल मार्फत हुने कुराकानीमा दुई देशका शीर्ष नेता बीच अमेरिका रुस सम्बन्ध सहित साइबर, रणनितिक स्थिरता तथा क्षेत्रिय मुद्धा सहित अन्य विभिन्न विषयमा चर्चा हुने बताइएको छ ।
पुटिनका विदेश मामला हेर्ने सल्लाहकारले यस अघि नै यो बार्ताको संकेत दिएका थिए ।
न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार रुसले युक्रेन माथि आक्रमणको योजना बनाइरहेको छ ।
यस्तो रिपोर्ट आएपछि बाइडेन प्रशासन सर्तक भएको छ । राष्ट्रपति बाइडेनले पुटिनका लागी युक्रेन माथि हमला गर्न कठिन हुने यस अघि बाइडेनले बताइसकेका छन् ।
हमला रोक्न लगायत अन्य कुटनितिक विषयमा राष्ट्रपति बाइडेन र पुटिन बीच कुराकानी हुने बताइएको छ । युक्रेन माथि रुसले गर्न लागेको हमला रोक्न बाइडेनले पहल गर्ने समाचार स्राृेतहरुले बताएका छन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...