अमेरिका– ससदीय सुनुवाई समितिले अमेरिकाका लागी श्रीधर खत्रीलाई राजदुतको रुपमा सर्वसम्मत अनुमोदन गरेको छ ।ा
अमेरिकाका लागी अनुमोदन गरिएका खत्री बौद्दिक व्यक्त्विको रुपमा चिनिन्छन् । उनि पराष्ट्रविद समेत हुन ।
अमेरिका सम्बन्ध तथा अमेरिकी राजनिति बुझेका व्यक्ति हुन खत्री ,। उनी ७० को
दशकमा अमेरिकामा राजनिति र कुटिनितिक विषयमा उच्च शिक्षा लिएका थिए । उनी
अन्तराष्ट्रिय राजनिनि र कुटनितिका विज्ञ मानिन्छन् ।
खत्रीले सिटी कलेज न्युयोर्क कोलम्बो विश्वविद्यालयबाट डिग्री हासिल गरेका छन् ।
त्यस्तै उनी सन् १९८९ देखि १९९० सम्म बेलायतको प्रख्यात लन्डन स्कुल अफ
इकोनोमिक्सका भिजिटिङ स्कलर समेत थिए ।
लामो समय सम्म राजनिति शास्त्र अध्यापन समेत गराएका अवकाश प्राप्त प्राध्यापक खत्रीले
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल एशियाली अध्ययन केन्द्र, पराष्ट्र मामिला अध्ययन प्रतिष्ठान
र दक्षिण एशियाली निति अध्ययन केन्द्रको नेतृत्व समेत समालिसकेका छन् ।
खत्रीले धेरै पुस्तक लेखन सहलेखन तथा सम्पादन समेत गरेका छन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...